हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा महिलाको मृत्यु



सिरहा, वैशाख ६ । शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण मधेस प्रदेश अन्तर्गत विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। हावाहुरीका कारण संरचनामा क्षति पुगेको छ भने सिरहा मा एक महिलाको ज्यान गएको छ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादवको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय बिन्देश्वर यादवकी श्रीमती किसुनवती घरभित्र बसिरहेको बेला आएको हावाहुरीले जस्तापाता उडाएपछि पर्खाल भत्किएर इँटाले टाउकोमा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो।



जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल का अनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए।

हावाहुरीका कारण अन्य स्थानमा पनि घर, टहरा तथा संरचनामा क्षति पुगेको र विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले क्षतिको मूल्यांकन तथा उद्धार कार्य अघि बढाइरहेको छ।

प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको