आजदेखि वीरगञ्जमा सडक विस्तार सुरु, संरचना हटाइने



वीरगञ्ज, वैशाख ६ । वीरगञ्ज महानगरपालिकामा लामो समयदेखि रोकिएको मुख्य सडक विस्तार को काम आजदेखि सुरु हुने भएको छ।

डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ–बायाँ २५/२५ मिटर विस्तार गरिनेछ।



भोलाप्रसाद दाहाल का अनुसार सडकको मध्य भागबाट २५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचनाहरू आज बिहानदेखि हटाउने काम थालिनेछ।

सडक विस्तारका लागि हेटौंडाबाट डोजर, जेसीबी र एक्साभेटरसहित नौ वटा उपकरण वीरगञ्ज ल्याइसकिएको छ। कामलाई प्रभावकारी बनाउन एकैपटक पाँच स्थानबाट विस्तार सुरु गर्ने तयारी गरिएको छ। यसका लागि महानगरपालिका, प्रहरी र अन्य सरोकारवाला निकायबीच समन्वय गरिएको जनाइएको छ।

यसअघि सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि परियोजना अघि बढ्ने बाटो खुलेको थियो।

प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार ०७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको