काठमाडौँ, वैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछाने ले आइतबार दिउँसो ३:३० बजेका लागि केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाएका हुन्।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग गठन, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनबारे छलफल हुने बताइएको छ। साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषय पनि एजेन्डामा समेटिएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा संगठन सुदृढीकरण र आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह लाई बैठकको जानकारी दिइसकिएको भए पनि उनी उपस्थित हुनेनहुनेबारे भने अझै टुंगो लागेको छैन।






