सप्तरी प्रहरीको सफलता

९ महिनामा डेढ करोड भन्दा बढी राजश्व संकलन, २ सय ७८ फरार अभियुक्त पक्राउ


सप्तरी, बैशाख ६ । सप्तरी प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा विभिन्न प्रकृतिका कारवाहीबाट डेढ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

विशेष कार्य योजना लागु गरेको प्रहरीले विभिन्न कारवाहीमा अवैध क्रियाकलाप रोकथामका क्रममा डेढ करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो ।



पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले चालु आ.ब. २०८२/८३ को चैत मसान्त सम्मको सार्वजनिक गरेको कार्य सम्पादन विरण अनुसार अवैध मालसामान बरामद, लिलामी, फरार प्रतिवादी कार्यान्वयनतर्फ जरिवाना वसुली लगायतका विधामा गरिएको कारवाहीबाट १ करोड ५६ लाख २१ हजार ७ सय २१ रुँपैया राजश्व संकलन गरिएको छ ।

जसमध्ये सबै भन्दा बढी भन्सार छली अवैध मालसामान बरामदबाट १ करोड ७ लाख १४ हजार १ सय ६८ रुँपैया राजश्व संकलन भएको प्रहरी उपरिक्षक गौतम कुमार केसीले जानकारी दिए ।

लिलामी प्रकृयाबाट १८ लाख ५४ हजार ६ सय १७, अदालती फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीबाट जरिवाना वसुल २९ लाख ७ हजार ३ सय ३६ तथा नदीजन्य उत्खनन लगायतका विधामा १ लाख ४५ हजार ६ सय रुँपैया राजश्व संकलन गरिएको छ ।

यसै अवधीमा प्रहरीले विभिन्न अपराधका २ सय ७८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । यस्तै सोही अवधीमा २९ सय ६० केजि प्रतिबन्धित लागुऔषध गाजा, ३ सय ८० ग्राम ब्राउन सुगर, लागुऔषध ठहर भएका विभिन्न ब्रान्डका सुई, ट्याबलेट, सिरप लगायतका सामाग्रि बरामद गर्नुका साथै विभिन्न अपराधका ५३ जनालाई पक्राउ गरेको जनाएको छ ।

२०८२ फागुन सम्मको कार्य सम्पादन मुल्याङनमा मधेश प्रदेशमा पहिलो तथा मुलुकभरमा ५ औं स्थान प्राप्त गर्न सफल भएको सप्तरी प्रहरीले समाजमा भएको विद्यमान अपराध र विकृती, विसंगतिलाई निरुत्साहित गर्न थालिएको अभियानमा सबै पक्षको सकारात्मक सहयोगले एकपछी अर्को सफलता मिल्दै गएको जनाएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार १८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको