संघ सरकारलाई चुनौती दिदै स्थानीय तहले शुरु गर्‍यो शैक्षिक सत्र



जनकपुरधाम, वैशाख ७ । नयाँ शैक्षिक सत्र वैशाख १५ गते देखी संचालन गर्ने संघ सरकारको निर्र्णयलाई चुनौती दिदै स्थानीय तहहरुले वैशाख पहिलो साता बाटै विद्यालयहरु संचालनमा ल्याएका छन ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिकाले वैशाख ६ गते आइतवारबाटै विद्यालय संचालनमा ल्याएको हो । संघ सरकारले वैशाख १५ गतेदेखी विद्यालय संचालन गर्ने भनिएपनि मुमु गापाले ढिलो गरि शैक्षिक सत्र शुरु गर्दा पाठ्यक्रम सक्न समस्या हुने भन्दै विद्यालय संचालनमा ल्याएको हो ।



संघ सरकारको निर्णयलाई चुनौती भन्दा पनि संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको एकल सूचिमा रहेको भन्दै विद्यालय संचालनको निर्णय गरेको हो ।

मुमु गापाका अध्यक्ष जय कुमार यादवले वैशाख ४ गते सामुदायिक विद्यालयहरुको नाउमा वैशाख ६ गते आइतवार देखी नै विद्यालय संचालन गर्न पत्राचार गरेका थिए ।, सोही पत्रको आधारमा मुमु गापाका सबै सामुदायिक विद्यालय संचालनमा आएको छ ।

गापा अध्यक्षले जारी गरेको पत्रमा , ‘ प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ६७ मिति २०८२ /१२/२६ गतेको पत्र अनुसार २०८३को भर्ना अभियान वैशाख १५ गतेबाट शुरु गर्ने र २०८३ वैशाख २१ गते बाट पठन पाठन शुरु गर्ने निर्णय भएको सन्दर्भमा नेपालको संविधान तथा प्रचलित कानून अनुसार आधारभूत तथा माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन सम्बन्धि अधिकार स्थानीय तहको भए बमोजिम गाउ शिक्षा समितिको निर्णय अनुसार सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले मिति २०८३/१/६ गते देखी नियमित पठन पाठन र भर्ना अभियान संगसंगै आइतवार विहानीको समय देखी नियमिति विद्यालय संचालन गरि पठन पाठन गर्न गराउनु सम्बन्धि सबैमा यो सूचना जारी गरिएको छ ।’ सबै पाठ्य पुस्तक वितरण नभए सम्म कक्षागत आधारभूत सिप सम्बन्धि कक्षा संचालन गर्न गराउन जानकारी गराइन्छ । ’ उल्लेख छ ।

शैक्षिकसत्र्को शुभारम्भ मात्र नभई आइतवारको विदा समेत लागु नहुने पत्रले स्पष्ट पारेको छ ।

शैक्षिक सत्र ढिलो शुरु गर्ने सरकारको निर्णयलाई मुमु गापा मात्र नभई देशभरिका थुपै्र स्थानीय तहले अस्वीकार गरि कक्षा संचालन शुरु गरेको छ ।

 

प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार ०९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको