काठमाडौं, वैशाख ९ । विवाद र चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री बालेन्द्र साह समक्ष राजीनामा बुझाएका हुन ।
विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि गुरुङमाथि चौतर्फी आलोचना बढेको थियो। सोही दबाबका कारण उनले पद त्याग गर्ने निर्णय लिइएको जनाइएको छ। गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी समेत गराएका छन ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङलाई गृहमन्त्रीमा नियुक्त गरिएको थियो। सुरुवाती चरणमा केही उच्च पदस्थ कर्मचारीमाथि कारबाही गरेर चर्चा बटुलेका गुरुङ पछिल्लो समय भने विवादमा तानिँदै आलोचनाको केन्द्रमा परेका थिए ।
उच्च स्रोतका अनुसार, रास्वपा अध्यक्ष रवि लामिछाने सँगको छलफलपछि गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन ।






