काठमाडौं, वैशाख ९ । डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम अवधि थप लम्ब्याउने घोषणा गरेका छन्। पाकिस्तानको अनुरोधलाई ध्यानमा राख्दै युद्धविराम कायम राख्ने निर्णय गरिएको भए पनि इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी भने यथावत् राखिने उनले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानले शान्ति वार्ताका लागि स्पष्ट र एकीकृत प्रस्ताव नल्याएसम्म युद्धविरामलाई निरन्तरता दिइने बताएका छन्।
उनका अनुसार अमेरिकी सेनालाई नाकाबन्दी कायम राख्न र आवश्यक अवस्थामा पूर्ण रूपमा तयार रहन निर्देशन दिइएको छ। “इरानको तर्फबाट ठोस प्रस्ताव नआएसम्म र वार्ताले निष्कर्ष नपाएसम्म युद्धविराम जारी रहनेछ,” ट्रम्पको भनाइ उद्धृत गर्दै बताइएको छ।
अमेरिकाको यो निर्णयले इरानसँगको तनाव कायम रहे पनि कूटनीतिक वार्ताको सम्भावनालाई खुला राखेको विश्लेषण गरिएको छ।






