महाधिवेशन सफल बनाउन सबैलाई साथमा लिएर अघि बढछौ : गगन थापा



मोरङ, वैशाख ९ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन ।

विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन सफल बनाउन पार्टीभित्रका सबै नेता–कार्यकर्तासँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।



उनले नेपाली कांगे्रस संघीय संसदमा प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा अग्र स्थानमा रहेको उल्लेख गर्दै पार्टीमाथि ठूलो जिम्मेवारी आएको बताए ।

थापाले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारसँग सुशासन कायम गर्ने, संविधान कार्यान्वयन गर्ने तथा जनतासँग सम्बन्धित मुद्दामा सहकार्य गर्ने नीति रहेको स्पष्ट पारेका छन ।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको