सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगित



काठमाडौं, वैशाख १० । सरकारले संसद् अधिवेशन स्थगित गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले आवश्यक निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको थियो । सोही सिफारिससहितको पत्र केहीबेरअघि शीतलनिवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।



राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको स्रोतको भनाइ छ । “सिफारिस पत्रमा जे उल्लेख थियो, सोही अनुसार निर्णय भएको हो,” स्रोतले जानकारी दिएको छ ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार १७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको