सुकुम्वासी बस्तीमा चल्यो डोजर



काठमाडौं, वैशाख ११ । काठमाडौंको थापाथली स्थित सुकुम्वासी बस्ती खाली गराउने कार्य शुरु भएको छ । आज विहानै देखी कडा सुरक्षा बीच बस्तीमा डोजर चलाउन शुरु भएको छ ।

सरकारले २ दिन अगावै बस्ती खाली गर्न आह्वान गरेका थिए । समय सीमा सकिए लगतै प्रशासनले डोजर चलाउन शुरु गरेको छ ।



प्रशासनले गरेका आग्रह अनुसार अधिकांश सुकुम्वासीहरुले आफनो समान साकी सकेका छन भने केहीले अझै आफनो घर खाली गरेको छैन । सुकुम्वासीहरुले वस्ती खाली गराउने निर्णयको विरोध गर्दै आएका छन । यद्यपी सरकारले वास्तविक सुकम्वासीको व्यवस्थापन गर्ने जनाउदै आएको छ ।

वस्ती खाली गराउने क्रममा हुन सक्ने सम्भावित विवादका लागि व्यापक सुरक्षा कर्मी परिचालन गरिएको छ भने शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिन थालेको छ । आज विहानै थप दुइ जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको