कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै



काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने तय गरिएको छ।

बैठकमा पार्टीका विभिन्न एजेन्डासहित समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने जनाइएको छ। पार्टीभित्रको संगठनात्मक गतिविधि, वर्तमान राजनीतिक परिस्थिति तथा आगामी रणनीतिबारे पनि विमर्श हुने अपेक्षा गरिएको छ।



कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गर्नुभएको छ।
यो बैठकलाई पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २१, सोमबार ०७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको