जनकपुरधाम, वैशाख २२ । मधेश प्रदेश सरकारलाई समर्थन कायमै रहेको भन्दै जनमत पार्टीले प्रदेश प्रमुखलाई अर्को पत्र पठाएको छ ।
हिजो अबेर राति जनमत पार्टींका सचेतक चन्दन कुमार सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयमा दर्ता गराएका थिए । त्यसको १२ घण्टा नबित्दै जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुखलाई अर्को पत्र लेख्दै सरकारलाई समर्थन कायमै रहेको पत्र पठाएको छ ।
नेता यादव र जनमत पार्टीबाट मधेश सरकारमा मन्त्री रहेका बसन्त कुसवाहा आज प्रदेश प्रमुखलाई भेटी समर्थन कायमै रहेको पत्र बुझाएका हुन ।
जनमत पार्टीको संसदीय दलको नेता म महेश प्रसाद यादव रहेको छु । मेरो जानकारी तथा मैले नबोलाएको संसदीय दलको बैठक विनाको कुनै पनि निर्णय अधिकारिक नरहेकाले वर्तमान मधेश प्रदेश सकारको मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको अधिकारिक समर्थन रहीरहेको व्यहोरा जानकारी सहित अनुरोध गर्दछु’ उनले पत्रमा लेखेका छन् ।






