अमेरिकी डलर र युरोको भाउ उकालो, अन्य मुद्राको अवस्था कस्तो ?



काठमाडौं, वैशाख २२ । नेपाली बजारमा आज अमेरिकी डलर र युरोको विनिमय दर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा पुगेको छ। अघिल्लो दिन सोमबार डलरको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको थियो।

यस्तै, युरोको विनिमय दरमा पनि सामान्य वृद्धि देखिएको छ। आज युरो एकको खरिददर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा कायम भएको छ। सोमबार यसको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा थियो।

अन्य प्रमुख विदेशी मुद्रातर्फ पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयांक एकको खरिददर १९३ रुपैयाँ ७० पैसा र बिक्रीदर १९४ रुपैयाँ ४६ पैसा रहेको छ भने अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४७ पैसा कायम भएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको