जनकपुरधाम, वैशाख २८ । मधेश प्रदेशसभाको सातौ अधिवेशन जेठ १ बाट आह्वान गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले मधेश सरकारको निर्णय अनुसार प्रदेश प्रमुखबाट जेठ १ शुक्रवार ११ बजेबाट लागु हुने गरि मधेश प्रदेशसभाको आह्वान गरिएको जनाएको छ ।
मधेश सरकारको आजै बसेको
मन्त्री परिषदको बैठकले जेठ १ गते अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिएको थियो ।
अगामी बजेट र विश्वासको मत लगायतका लागि बैठक आह्वान गरिएको हो ।
जनमत पार्टीले विश्वासको मत फिर्ता लिएपछि ३० दिन भित्र सरकारलाई विश्वासको मत लिनु पर्ने कानूनी बाध्यता रहेको छ ।






