खरानीमा गहना खोज्दै पीडित



सप्तरी, वैशाख २८ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ बभनगामा टोलमा आगलागी भएको भोलि पल्ट आईतबार बिहानै देखि अग्निपीडितले आफ्ना सम्पती केही जोगियो कि भन्ने ठानि खरानीमा खोजि रहेकोछ ।

सम्पतीका नाममा भएका केही सुन, चाँदीका गरगहना तथा नगद समेत जले पछि अग्निपीडितहरु खरानी भएको घरको आगनमा थुप्रिएको माटोमा गहना खोजिरहेका छन् ।

अघिल्लो दिन शानिबार साझ ७ बजे तिर भएको आगलागीमा परी सो वडाका जुगाई यादव, जोगिीन्द्र यादव, गीरिजा यादव, पिंकी कुमारी यादव, राजेन्द्र यादव, धिरेन्द्र यादव, राजकुमार यादव, रामअवतार यादव लगायत १० परिवारका २० घर जलेर पूर्ण रुपमा खरानी भएको छ ।

स्थानीय बासीन्दाहरुका अनुसार टोलका अधिकांश पुरुष छिमेकी टोलमा एक बैवाहिक कार्यक्रममा गएका बेला अचान आगलागी सुरु भएको थियो ।

विद्युत सर्ट भई जुगाई यादवको गाई गोठबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर १० परिवारलाई बेघर बनाएको हो ।

स्थानीयबासिका साथै हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुण यन्त्र तथा प्रहरीको सहयोगमा ३ घण्टाको प्रयास पछि आगोमाथि नियन्त्रण कायम गरिएको थियो ।
अग्निपीडितहरुले घरका साथै लताकपडा, भाडाकुडा, खाद्यन्न तथा सुन चाँँदीका गरगहना र नगद समेत गरी ५० लाख बराबरको सम्पत्ती जलेर खरानी भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डम्बर बहादुर पुरीले आगलागिबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएका छन् ।

 

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको