पाकिस्तानको भूमिकालाई लिएर अमेरिकामा विवाद, इस्लामाबादको भूमिकामाथि प्रश्न



एजेन्सी, वैशाख २९ । लिन्डसे ग्राहमले पाकिस्तानको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै मिडिया रिपोर्टहरू सत्य भए पाकिस्तानले ईरान र अमेरिकाबीच मध्यस्थकर्ताको रूपमा खेलेको भूमिकाको पुनः मूल्यांकन गर्नुपर्ने बताएका हुन्।

ग्राहमले पाकिस्तानी रक्षा अधिकारीहरूले यसअघि दिएका केही अभिव्यक्तिलाई स्मरण गर्दै रिपोर्ट सत्य भए आफूलाई आश्चर्य नलाग्ने बताए। उनको प्रतिक्रिया त्यतिबेला आएको हो, जब केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पाकिस्तानले गोप्य रूपमा ईरानी सैन्य विमानलाई आफ्नो भूमिमा बस्न अनुमति दिएको दाबी गरेका थिए।

सीबीएस न्यूजकी पत्रकार जेनीफर जेकोब्सको रिपोर्टअनुसार पाकिस्तानले आफूलाई तेहरान र वाशिंगटनबीच कूटनीतिक माध्यमका रूपमा प्रस्तुत गरिरहेको बेला सम्भावित अमेरिकी हवाई हमलाबाट जोगिन ईरानी सैन्य विमानलाई आश्रय दिएको आरोप लागेको छ।

यता स्कोट बेस्सेन्टले पनि ईरानमाथि अमेरिकाको आर्थिक दबाब जारी रहने बताएका छन्। उनले ईरानी सेना पुनः संगठित हुने प्रयासमा रहेको उल्लेख गर्दै अमेरिकाले ‘इकोनोमिक फ्युरी’ अभियानलाई अझ कडा बनाउने चेतावनी दिएका हुन्।

बेसेंटका अनुसार अमेरिकाले ईरानको हतियार कार्यक्रम, आतंकवादी संगठन तथा परमाणु महत्वाकांक्षाका लागि हुने आर्थिक सहयोग रोक्न निरन्तर प्रयास गरिरहेको छ। उनले अमेरिकी ट्रेजरी विभागले आतंकवादी गतिविधि तथा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउन प्रयोग हुने वित्तीय सञ्जालबाट ईरानलाई अलग पार्ने अभियान जारी राख्ने स्पष्ट पारे।

प्रकाशित मिति: २०८३ बैशाख २९, मंगलवार ०७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको