मधेश प्रदेशसभाको सातौ अधिवेशन आज देखी शुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने



जनकपुरधाम, जेठ १ । मधेश प्रदेशसभाको सातौ अधिवेशन आज देखी शुरु हुन लागेको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज ११ बजेको लागि बैठक आह्वान गरेका हुन ।

मधेश प्रदेश सरकार बाट जनमत पार्टीले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजै विश्वासको मत लिने कार्यक्रम समेत रहेको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन कायमै रहेको जनाए छन ।

तर पछिल्लो परिवर्तित प्रदेशको राजनीतिक समीकरणले सरकारले विश्वासको मत पाउने ढुक्क हुने अवस्था भने नरहेको एक जनाले जनाएका छन । विगतमा छुट्टा छुट्टै रहेको जसपा नेपाल र लोसपा एक भई निर्वाचन आयोगबाट प्रमाणीकरण समेत भइ सकेको छ । निर्वाचन आयोगले मधेश प्रदेशसभा लाई ुदबै दल एक भएको पत्राचार समेत गरि सकेका छन । तर दुबै संसदीय दल भने एक भइ नसकेको अवस्थामा अबको रणनीति बारे छलफल गर्न तत्कालिन जसपा नेपालको संसदीय दलको बैठक आजै १० बजे बस्ने जनाइएको छ ।

यस अघि बसेको संसदीय दलको बैठकमा सांसदहरु संग धारणा माग गरिएको भए पनि सरकारलाई समर्थन गर्ने भनि निर्णय हुन सकेको थिएन ।

तर परिवर्तित अवस्थामा भने जसपा नेपालले साउनमा सत्ता हस्तान्तरण गर्ने सर्तमा सरकारलाई समर्थन गर्ने तयारीमा रहेको स्रोतको दावी छ ।

प्रकाशित मिति: २०८३ जेष्ठ १, शुक्रबार ०६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको