सुनसरी,जेठ ८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन को विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ ।
आज सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।






