मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ६२ मत



जनकपुरधाम, जेठ ८ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री यादवले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको प्रदेशसभामा जानकारी गराइएको छ। उनलाई आफ्नै दल नेपाली काँग्रेस , नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र संघीय समाजवादी पार्टीको समर्थन प्राप्त भएको हो ।

यसअघि सत्ता साझेदार रहेका जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका थिए। जनमत पार्टीले गत वैशाख २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

कानुनी व्यवस्थाअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। यही व्यवस्थाअनुसार यादवले प्रदेशसभामा विश्वासको मत मागेका हुन्।

यसअघि सरकारमा सहभागी जनमत पार्टी र जसपा नेपाललाई हटाउँदै मुख्यमन्त्री यादवले बिहीबार राति एमालेलाई सरकारमा सहभागी गराएका थिए। सरकार ढाल्ने प्रयास सत्ता साझेदार दलबाटै भएको आरोप लगाउँदै उनले नयाँ राजनीतिक समीकरणअनुसार सरकारलाई निरन्तरता दिएको बताएका छन्।

मधेश सरकारबाट घोक्र्याइए जसपा नेपाल, तीन मन्त्री बर्खास्त

प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार १८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको