प्रतिनिधिसभा निर्वाचनको समीक्षामा जुटदै जसपा नेपाल



जनकपुरधाम, जेठ ९ । जनता समाजवादी पार्टी नेपाल प्रतिनिधिसभा निर्वाचनको साढे दुई महिना पछि समीक्षा गर्न लागेको छ ।

तत्कालिन जसपा नेपाल र लोसपा नेपालको एकीकरण पछि बनेको जनता समाजवादी पार्टी नेपालको आज ११ बजे देखी शुरु हुने केन्द्रिय कार्यसम्पादन समितिको पहिलो बैठकमा निर्वाचनको समिक्षा पहिलो एजेण्डा बनेको छ ।

पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा तीन दिन सम्म चल्ने बैठकमा निर्वाचनको समीक्षा, पार्टीको अगामी रणनीति र कार्ययोजना तथा दुबै पार्टी बीचको समायोजना लगायतको विषयमा छलफल हुने केन्द्रिय कार्यसम्पादन समितिका सदस्य शैलेन्द्र प्रसाद साहले जनाएका छन ।

पार्टी एकीकरणपछि बनेको ५४ सदस्यीय केन्द्रिय कार्यसम्पादन समितिका सदस्यहरु बैठकमा सहभागी हुने छन । बैठकमा सहभागी हुन नेताहरु काठमाण्डौ पुगि सकेको छ ।

निर्वाचनको मुखमै तत्कालिन जसपा नेपाल र लोसपा नेपालबीच एकता गरेर निर्वाचनमा होमिएपनि जसपा नेपालले नराम्ररी पराजय भोगेको थियो ।

प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको