एमाले सचिवालयमा अल्पमतमा ओली, अब केन्द्रिय कमिटीको आस



काठमाडौँ, जेठ ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परेका छन । शुक्रवार देखी ओली निवास गुण्डुमा जारी सचिवालय बैठकमा अधिकांश नेताहरुले अध्यक्षलाई पद छाड्न र पार्टीलाई पुनर्गठनको बाटो लान सुझाव दिएका छन ।
बैठकमा अधिकांश पदाधिकारीले पार्टीलाई यथास्थितिमा अघि बढाउन नसकिने धारणा राखेको स्रोतको दाबी छ।

स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध खुलेर धारणा राख्नेमा महासचिव शंकर पोखरेल समेत देखिएका छन्। उनले पार्टीलाई गति दिन र कार्यकर्तामा ऊर्जा कायम राख्न नेतृत्वले ‘मार्ग प्रशस्त’ गर्नुपर्ने धारणा राखेको बताइएको छ।

आजको बैठकमा बोलेका पदाधिकारीमध्ये सचिव महेश बस्नेत बाहेक अधिकांशले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। अध्यक्ष ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल (बादल) र बस्नेत खुलेर उभिएको स्रोतले जनाएको छ।

एमालेको १९ सदस्यीय पदाधिकारीमध्ये हालसम्म १४ जनाले धारणा राखिसकेको र तीमध्ये अधिकांश पार्टी पुनर्गठन तथा नेतृत्वमा परिवर्तनसहितको निकासको पक्षमा देखिएको दाबी गरिएको छ।

यसअघि पहिलो दिनको बैठकमा बोल्ने पाँच उपाध्यक्षमध्ये चार जनाले पनि अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

अब आइतबार बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी ले धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ।

सचिवालयमा अल्पमतमा परेपछि ओलीलाई आफनो बचाउका लागि केन्द्रिय कमिटी एक मात्र आश बनेको छ । उनले अघिल्लो बैठकमा सचिवालयमा भएको छलफललाई केन्द्रीय कमिटीमा पनि लैजान सकिने संकेत गरेका थिए । सचिवालयमा अल्पमतमा परे पनि केन्द्रिय कमिटीमा बहुमत पु¥याएर आफनो बचाउन गर्ने नीति ओलीले लिएको जनाइएको छ ।

प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको