अमेरिकी डलरको मूल्यमा लगातार गिरावट, युरो–पाउन्ड पनि सस्तियो



जनकपुरधाम, जेठ ९ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार दोस्रो दिन घटेको छ। अमेरिकी डलरसँगै अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्ट्रलिङ, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा समेत गिरावट आएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ। शुक्रबार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा थियो।

यसअघि जेठ ७ गते अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको थियो। पछिल्ला केही दिन लगातार उकालो लागेको डलरको मूल्य शुक्रबारदेखि ओरालो लागेको हो।

त्यसैगरी, युरो १ को खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा तोकिएको छ। अघिल्लो दिन युरोको खरिददर १७८ रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको थियो।

पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ। शुक्रबार यसको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा थियो।

त्यस्तै, कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा कायम हुँदा बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही फरक पर्न सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार ०७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको