एमाले सचिवालय बैठक आज पनि जारी , ओलीलाई पद छोडन दवाव



जनकपुरधाम, जेठ ९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) (एमाले) को केन्द्रीय सचिवालय बैठक आज जारी रहने भएको छ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित गरिएको थियो।

आज बिहान ११ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा बस्ने बैठकमा पार्टीको समग्र अवस्था, आगामी निर्वाचनको तयारी तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।

पार्टीका उपमहासचिव लेखराज भट्ट का अनुसार हिजोको बैठकमा पार्टीको वर्तमान अवस्थाको समीक्षा तथा निर्वाचनसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

आजको बैठकमा १२ जना पदाधिकारीले आफ्नो धारणा राख्ने कार्यसूची रहेको बताइएको छ। साथै, नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावमाथि पनि छलफल हुने एमाले स्रोतले जनाएको छ।
शुक्रवारको बैठकमा धारणा राखेका अधिकांश सदस्यहरुले अध्यक्ष ओलीलाई पद छोडन दवाव दिएको स्रोतले जनाएका छन । महाधिवेशनमा ओली प्यानलबाट निर्वाचन पदाधिकारीहरुले समेत ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउन नसक्ने धारणा राखेपछि ओली दवावमा परेका छन ।
आफना निकटहरुले नै साथ छोडन थालेपछि ओली थप संकटमा परेको नेताहरुले बताएका छन । आज बोल्ने नेताहरुले पनि ओलीलाई अध्यक्ष पद छोडन दवाव दिने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको