वीरगञ्ज, जेठ १२ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन ।
जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बयानपछि प्रसाईंलाई साधारण तारेखमा छाड्न दिएको आदेशानुसार प्रहरीले उनलाई रिहा गरेका हुन ।
प्रसाईं आफ्नो अभियानका क्रममा पर्सा पुगेका बेला गत जेठ ४ गते वीरगञ्जस्थित एक होटलबाट पक्राउ परेका थिए। उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
प्रहरीका अनुसार प्रसाईंमाथि सेना, प्रहरी तथा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रबि लामिछाने लगायत सार्वजनिक व्यक्तित्वबारे अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ।
केही दिनअघि एक युट्युब अन्तर्वार्तामा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ्ग तथा हर्क सम्पाङलाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए।
त्यसैगरी, हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिए प्रधानमन्त्री बालेन्द्र शाहको तस्वीर घरमा राख्ने अभिव्यक्ति दिएको विषय पनि चर्चामा आएको थियो।






