जनकपुरधाम, जेठ २५ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारले भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेको प्रति अपत्ति जनाएका छन ।
जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले सोमबार विज्ञप्ति जारी गरि जसपा नेपालको विभाजन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला सम्बन्धि कानूनी स्थितको जानकारी गराउदा गराउदै लुम्बिनी प्रदेशमा रहेको कांग्रेस –एमाले गठबन्धनको सरकारले न्युनत्तम राजनैैतिक नैतिकता र लोकतान्त्रिक मुल्य मान्यताको ख्यालै नगरि जसपा नेपालको नाउँ अहिरलाई मन्त्री नियुक्त गरेको प्रति आपत्ति जनाएका हुन ।
प्रवक्ता सूमनले मन्त्री अहिरलाई तत्काल बर्खास्त गर्न आग्रह समेत गरेको छ । लुम्बनी प्रदेश सरकारले अहिरलाई पदमुक्त नगरे सर्वोच्च अदालतको मानहानी हुने भन्दै जसपा नेपालले लुम्बीनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, गठबन्धन विरुद्ध कानूनी बाटो अपनाउन बाध्य हुने चेतावनी समेत दिएको छ ।
तत्कालिन जसपा नेपालका संघीय परिषद अध्यक्ष अशोक राईको नेतृत्वमा पार्टी विभावन हुदा अहिर लगायतका नेताहरु अशोक राइको पक्षमा उभिएका थिए । जसपा विभाजन विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा हालै जसपा नेपालको पक्षमा फैसला गरेको छ । सर्वोच्चको फैसला पछि विभाजन भई गठित जसपाको बैधानिकता समाप्त भएको छ ।






