रास्वपाले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोट मापदण्ड सार्वजनिक गर्‍यो



काठमाडौं, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ।

पार्टीका अनुसार जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबाट जिल्ला सभापतिसहित तीन जना प्रतिनिधि सहभागी हुन पाउनेछन्। तीमध्ये कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ। महिला प्रतिनिधि उपलब्ध नभएको अवस्थामा भने दुई जनामात्र प्रतिनिधिका रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

सम्पन्न नभएका निर्वाचन क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्र खारेज भइसकेको भए त्यहाँबाट कुनै प्रतिनिधि सहभागी गराइने छैन। निर्वाचन क्षेत्र खारेज नभएको अवस्थामा भने सम्बन्धित क्षेत्रका संयोजक मात्र महाधिवेशनमा सहभागी हुन पाउनेछन्।

यसैगरी, निर्वाचन सम्पन्न भएका पालिकाबाट एक जना सभापति वा सभापतिले तोकेको समितिका पदाधिकारी अथवा सदस्यमध्ये एक जनालाई प्रतिनिधिका रूपमा पठाउन सकिने व्यवस्था गरिएको छ।

पालिका निर्वाचन सम्पन्न नभई तदर्थ समितिको अवस्थामा रहेका पालिकाबाट भने सभापति मात्र महाधिवेशनमा सहभागी हुन पाउनेछन्। यस्तो अवस्थामा सभापतिले आफ्नो स्थानमा अन्य व्यक्तिलाई पठाउन नपाउने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार ४, बिहीबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको