चितवन, असार ९ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी आकांक्षा बोकेका नव प्रवेशी नेताहरुलाई प्रस्तावक र समर्थक पाउन धौ धौ पर्ने भएको छ ।
निर्वाचन आयोगले प्रस्तावक र समर्थक सम्बन्धि नयाँ व्यवस्था सार्वजनिक गरे पछि उम्मेदवारी दिने अकांक्षा सहित महाधिवेशनमा सहभागी भएका नव प्रवेशी नेताहरुलाई प्रस्तावक र समर्थक पाउनै मुश्किल पर्ने भएको छ ।
निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरेको छ । यस्तै अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्ताव र २१ जना समर्थक चाहिन्छ ।
प्रस्तावक र समर्थकहरुको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनामा उल्लेख छ ।
केन्द्रिय सदस्यका लागि २१ जना समर्थक महाधिवेशन प्रतिनिधिबाटै खोज्नु पर्ने व्यवस्थाले उम्मेदवारी दिने आकांक्षा बोकेका अधिकांश नेता रितै फर्कनु पर्ने बाध्यता उत्पन्न भएको छ ।
मधेश टुडे संग कुरा गर्दै एक जना अकांक्षीले केन्द्रिय सदस्यका लागि २१ जना समर्थक खोज्नु पर्ने व्यवस्था व्यवहारिक नरहेको बताए । उनले भने, ‘ कही नभएको यात्रा हाडी गाँउमा भने उखान झै महाधिवेशनमा भएको छ ।
अर्को तिर उम्मेदवारहरुको मनोनयन शुल्क समेत अव्यवहारिक रहेको उनले बताए ।
रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।






