मुलुक जसपा नेपालकै मुद्दामा अघि बढेको छ : उपेन्द्र यादव



जनकपुरधाम, असार ९ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जसपा नेपालकै मुद्दामा अघि बढेको दावी गरेका छन ।

जसपा नेपाल धनुषाद्वारा आज जनकपुरधाममा आयोजित अगुवा कार्यकर्ता संगको अन्तरक्रिया एवं अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष यादवले निर्वाचनमा पार्टीको हार संख्यागतरुपमा भएपनि राजनीतिक रुपमा भने हार नभएको दावी गरे ।

जसपा नेपालले शुरु देखी नै उठाउदै आएको संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार लगायतको मुद्दालाई सत्तासिन दलले आत्म साथ गरेको उल्लेख गर्दै अध्यक्ष यादवले भने ,‘ यो जसपा नेपालको राजनीतिक जीत हो ।

संविधानमा रहेको त्रुटीहरुलाई सच्याउदै संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता विषयहरुलाई अझै बलियो बनाउनु पर्ने तर्क गरे ।
प्रतिनिधिसभा निर्वाचको हार पछि देश व्यापी कार्यक्रम संचालन गर्दै आएको जसपा नेपालले जिल्ला जिल्लाको कार्यक्रमहरु बाट नेता कार्यकर्ताहरु विचार संकलन गर्ने कार्य भई रहेको उनले बताए ।

पार्टीैलाई नयाँ शिराबाट अघि बढाउन विगतमा भएका कमी कमजोरीहरुलाई सच्याउदै अघि बढनुको विकल्प नरहेको अध्यक्ष यादवले बताए ।
उनले भने, ‘ पार्टीमा नयाँ उर्जा दिन आफु बाटै परिवर्तनको सुरुवात गर्नु पर्दछ , नेताहरुले पनी सुधारछन, कार्यकर्ताहरुलाई पनि सुधारनु पर्छ ।’
मधेश आन्दोलन पछि पटक पटक भएको टुटफुटको कारण समग्र मुद्दानै कमजोर हुन पुगेको स्वीकार गर्दै अध्यक्ष यादवले पदका लागि पार्टी फुटाएकाहरु आफै समाप्त भएको बताए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रिय समन्वय समितिका सदस्यहरु शरतसिंह भण्डारी, लालकिशोर, परमेश्वर साह सहितका नेताहरुले सम्बोधन गरेका थिए ।

जिल्ला भरि बाट कार्यक्रममा सहभागी भएका अगुवा कार्यकर्ताहरुले पार्टी भित्र देखिएका कमीकमजोरीहरु औल्याएका थिए ।

प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको