काँग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाको समेत उपस्थिति रहने



काठमाडौं , साउन ३०। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा बुधबार दिउँसो काठमाडौं फर्किएका थिए। काठमाडौं फर्किएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए।

कांग्रेस इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै पार्टीको आगामी नीति तथा कार्यक्रमबारे धारणा तय गरिने जनाइएको छ।

भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजक पक्षले अनुमान गरेको छ। पार्टीभित्रको संगठन, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा भेलाले महत्वपूर्ण निर्णय लिन सक्ने नेताहरूले बताएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार ०६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको