जसपा र जनमत अगामी निर्वाचन सम्म सरकारमा सहभागी नहुने

मधेश सरकारलाई हाइसञ्चो


जनकपुरधाम, भदौ २ । जनता समाजवादी पाटीे नेपाल र जनमत पार्टी सम्मिलित अग्रगामी मोर्चाले अगामी प्रदेशसभाको निर्वाचन सम्म प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मोर्चाको आज सम्पन्न बैठकले अगामी प्रदेश निर्वाचन सम्म मोर्चा घटक दलहरु प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको मोर्चाका प्रवक्ता एवं जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

मोर्चाको यो निर्णय संगै मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई हाइसञ्चो हुने भएको छ ।

अन्य ६ वटा प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वमा धमाधम सरकार बनाउने काम भइ रहेको बेला मधेश प्रदेशको सरकार समेत परिवर्तन हुने हल्ला चलेको थियो ।

मधेश प्रदेशमा काँग्रेसको नेतृत्वमा एमाले र नेकपा सम्मिलित सरकार छ । अन्य प्रदेशमा काँग्रेस सरकारबाट बाहिरिए संगै मधेशमा एमाले र नेकपा सरकारबाट बाहिरिने चर्चा थियो ।

तर प्रदेशसभाका सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी जसपा र जनमत पार्टी सरकारको खेलमा नलाग्ने निर्णय गरे संगै तत्कालका लागि मधेश सरकार परिवर्तनको हल्लामा ब्रेक लाग्ने भएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको