नेपाल ‘ए’ क्रिकेट टोली टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया प्रस्थान



काठमाडौं, भदौ २ । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । १५ सदस्यीय नेपाली टोली सिरिज खेल्न सोमबार राति अस्ट्रेलियातर्फ प्रस्थान गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलिया जाने टोलीलाई आइतबार बिदाइ गरेको थियो । यसपटक नेपाल ‘ए’ को कप्तानी अनिलकुमार साहले गर्नेछन् ।

भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ ।

नेपाल ‘ए’ले भदौ ६ गते बंगलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सिरिजसँगै नेपाल ‘ए’ले अस्ट्रेलिया भ्रमणका क्रममा विभिन्न टोलीसँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ । क्यानका अनुसार नेपाली टोलीले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

अस्ट्रेलिया भ्रमणले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै आगामी प्रतियोगिताका लागि तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको