मिर्चैया उद्योग वाणिज्य संघ आबद्ध व्यवसायीका लागि बीमा सुविधा



श्याम कुमार ठाकुर
सिरहा, भदौ ४ । मिर्चेया उद्योग वाणिज्य संघ र नेको इन्सुरेन्स लिमिटेडबीच आबद्ध सम्पूर्ण व्यवसायी, कर्मचारी तथा सदस्यहरूलाई लक्षित सामूहिक व्यक्तिगत दुर्घटना, सामूहिक स्वास्थ्य तथा क्रिटिकल इलनेस बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा एक वर्षे समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौताअनुसार बीमित सदस्यले दुर्घटनाबाट मृत्यु, पूर्ण वा आंशिक अशक्तता, दुर्घटनाजन्य उपचार खर्च, आय गुमेको अवस्थामा निश्चित राहत, शव व्यवस्थापन तथा अन्त्येष्टि खर्चसमेत बीमा सुविधा प्राप्त गर्नेछन्। दुर्घटनाजन्य उपचारमा रु। १ लाखसम्म र स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना उपचारका लागि नीति अवधिभर रु. ५० हजारसम्म सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।

त्यसैगरी क्यान्सर, मिर्गौला फेल, मुटुरोग, स्ट्रोक, अंग प्रत्यारोपण, पक्षघात, पार्किन्सन्स, डिमेन्सियालगायत २८ प्रकारका गम्भीर रोग क्रिटिकल इलनेस बीमाअन्तर्गत समेटिएका छन्

समझदारीपत्रअनुसार मिर्चया उद्योग वाणिज्य संघले सदस्यहरूको विवरण, नागरिकताको प्रतिलिपि तथा आवश्यक कागजात संकलन गरी नेको इन्सुरेन्सलाई उपलब्ध गराउने, प्रिमियम व्यवस्थापन तथा दाबी प्रक्रियामा समन्वय गर्नेछ। नेको इन्सुरेन्सले आवश्यक कागजात प्राप्त भएपछि बीमालेख जारी गरी सम्पूर्ण कागजात पूरा भएको १५ दिनभित्र दाबी भुक्तानी गर्ने जनाएको छ।

समझदारीपत्रमा मिचैंया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठ र नेको इन्सुरेन्स लिमिटेडका तर्फबाट श्याम कुमार ठाकुर ले हस्ताक्षर गर्नुभएको छ भने प्रमुख प्रबन्धक कृष्ण बराल साक्षी रहनुभएको थियो।

यो सम्झौता हस्ताक्षर भएको मितिदेखि एक वर्षसम्म लागू रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिवार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको