जनकपुरधाम, भदौ ५ । आठ दल सम्मिलित अग्रगामी मोर्चाले मधेश प्रदेश समन्वय समिति गठन गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाम स्थित पार्टी प्रदेश कार्यालयमा सम्पन्न मोर्चाको बैठकले १६ सदस्यीय मधेश प्रदेश समन्वय समिति गठन गरेको छ ।
समितिका जनमत पार्टी बाट गजानन्द यादव, रामप्रशाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा, राधेश्याम साह, नागरिक उन्मुक्ति पार्टी बाट पृथ्विनारायण सिंह थारु, नागेन्द्र प्रसाद चौधरी, नेपाल जनमुक्ति पार्टी बाट भूवन थापा मगर, राम एकवाल मण्डल, जनता समाजवादी पार्टी नेपाल बाट वालकिशोर यादव, रामविनोद चौधरी, प्रगतिशिल लोकतान्त्रिक पार्टी बाट अमिताभ बच्चन दास, किशोरी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी, सैदर अन्सारी, एवं बहुजन एकता पार्टी बाट प्रकाश महरा र सुजित महरा चयन भएका छन ।
मोर्चाले आठ वटै जिल्लामा संगठन विस्तारका लागि विभिन्न दललाई जिम्मेवारी समेत प्रदान गरेको छ । भदौ १० गते आठ वटै जिल्लामा मोर्चा विस्तारका लागि सप्तरीमा जनमत, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा जसपा र आजपा, धनुषा जसपा नेपाल, र पर्सामा प्रलोपाले समन्वय गर्ने जिम्मा पाएको छ।
मोर्चा भदौ २७ गते सप्तरी, सिरहा, धनुषा महोत्तरी र सर्लाहीलाई समेटने गरि जनकपुरधाममा वृहत भेल ागर्ने निर्णय समेत गरेको छ । सोका लागि भदौ ७ गते सम्बन्धित जिल्लाका मोर्चा आबद्ध दलका अध्यक्षहरुलाई राखेर तयारी बैठक गर्ने निर्णय गरेको छ । त्यसै गरि असोज ३ गते विरगंजमा रौतहट, बारा र पर्सा समेटने गरि भेला गर्ने निर्णय गरेको छ । सोका लागि विरगंजमा भदौ ७ गते मोर्चा आवद्ध दलका अध्यक्षहरुको बैठक गर्ने निर्णय समेत गरेको छ।
आज सम्पन्न बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष जितेन्द्र सोनल , प्रदेश अध्यक्ष बालकिशोर यादव, आजपाका प्रदेश अध्यक्ष उमेश कुशवाहा, जनमत पार्टीका राम प्रसाद मण्डल, गजानन्द यादव, नेससपाका मो. सैयद अन्सारी, प्रलोपाका प्रदेश अध्यक्ष अमिताभ बच्चन दास सहितको उपस्थिति रहेको थियो ।






