सप्तरीमा ३ वर्षीय बालिकाको शंकास्पद मृत्यु, एक जना पक्राउ



सप्तरी, भदौ ७ । बारामा ३ वर्षीय बालिकाको हत्या भएको घटनामा सेलाउन नपाउदै सप्तरीमा अर्की ३ वर्षीय बालिकाको शंकास्पद मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा बस्ने इरफानकी छोरी ३वर्षीय छोरी सानिया खातुन आइतबार बिहान करिब ९ बजेदेखि घरबाट बेपत्ता भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारका सदस्य र स्थानीयले उनको खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा सानियाको शव फेला परेको प्रहरीले जनाएको छ।
बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीका अनुसार पक्राउ परेका व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिको संलग्नताबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको