गौहत्या विरुद्ध जय नेपाल पार्टीको अभियान



काठमाडौँ , भदौ ९। जय नेपाल पार्टीले नेपालमा गौहत्या विरुद्ध अभियान थालेको छ। गौ हत्या रोक्न तथा होटल र रेस्टुरेन्टमा बीफ (गाईको मासु) को बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै अभियान सुरु गरेको हो ।

पार्टीले गाई नेपालको राष्ट्रिय जनावर भएकाले यसको संरक्षण र सम्मान गर्नु सबैको दायित्व भएको जनाएको छ। धार्मिक, सांस्कृतिक तथा कानुनी मान्यताअनुसार राष्ट्रिय जनावरको संरक्षण सुनिश्चित गर्नुपर्ने पार्टीको भनाइ छ।

‘गौहत्यालाई नाइँ भनौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई बीफ बिक्री नगर्न जय नेपाल पार्टीले आग्रह गरेको छ।

पार्टी सभापति धवलशमशेर राणाले गाईको संरक्षणका लागि अभियान सुरु गरिएको जानकारी दिँदै गौवंशको सुरक्षाका लागि सरकार र सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने बताए।

जय नेपाल पार्टीले गौहत्या नियन्त्रण तथा गौवंश संरक्षणका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी कानुनी व्यवस्था र कार्यान्वयनमा जोड दिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको