भोटेकोशी बाढीपछि रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक



काठमाडौँ , भदौ ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ। साथै बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कामसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको बताइएको छ।

बैठकमार्फत विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन साझा धारणा निर्माण गर्ने प्रयास गरिने रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ०७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको