रसुवागढी सुरुङमा कोही भेटिएन , खोजी कार्य सम्पन्न



काठमाडौं , भदौ १५। रसुवामा आएको बाढीपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा मानिस फसेको आशंकामा गरिएको खोजी कार्यमा कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेनाको उद्धार टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। करिब २५० मिटर लामो सुरुङमध्ये टोली २२५ मिटरसम्म पुगेको थियो।

सुरुङभित्रको अवस्था पत्ता लगाउन ड्रोनसमेत प्रयोग गरी खोजी गरिएको सेनाले जनाएको छ। लामो समयसम्म खोजी गर्दा पनि सुरुङभित्र कुनै व्यक्ति फेला नपरेपछि उद्धार टोलीले अभियान स्थगित गरेको हो।

सुरुङमा कोही व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली खोजी कार्य सम्पन्न गरी रसुवाको धुन्चे फर्किएको छ।

बाढीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनामा क्षति पुगेपछि सुरुङभित्र कर्मचारी तथा कामदार फसेको हुनसक्ने आशंका गरिएको थियो।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको