एसपीलाई धम्क्याएको आरोपमा सर्लाहीका पूर्व सांसद अशोक यादव पक्राउ



जनकपुरधाम, भदौ २३ । मधेश प्रदेशसभाका पूर्व सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन्।

सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८२ साल असारमा एसपी खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्ता भएपछि यादव फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका यादवलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

यादवलाई सोही मुद्दामा पक्राउ गरिएको र घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको