मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प



काठमाडौं, भदौ २४ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर मंगलबार राति ५.३ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार राति ९ः५३ बजे भूकम्प गएको हो।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का मुस्ताङसहित बागलुङ, धौलागिरि क्षेत्र तथा नेपालका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ। छिमेकी तिब्बतमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।

भूकम्पपछि हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा भएको क्षतिको विवरण सार्वजनिक भएको छैन। स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।

हिमाली क्षेत्रमा पछिल्लो समय भूकम्पसँगै पहिरो, हिमताल विस्फोट तथा बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत रहने भएकाले सम्भावित जोखिमप्रति सतर्क रहन सम्बन्धित निकायले आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २४, बुधबार ०७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको