काठमाडौं, भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
विपद्का समयमा राजनीतिक दलहरूबीच समन्वय बढाउँदै प्रभावकारी उद्धार, राहत तथा व्यवस्थापनका लागि आवश्यक संयन्त्र गठन गर्ने विषयमा शीर्ष नेतृत्वसँग छलफल गर्न बैठक आह्वान गरिएको रास्वपाले जनाएको छ।






