अमेरिकाले इजरायललाई २.८ अर्ब डलरको हतियार दिने तयारी, मानवअधिकार विज्ञ चिन्तित



एजेन्सी, भदौ ३१ । गाजामा जारी युद्ध र व्यापक विनाशका बीच अमेरिकाले इजरायललाई करिब २।८ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ।

प्रस्तावित हतियार बिक्रीमा २ हजार पाउन्ड तौल भएका ४० हजार शक्तिशाली बमसमेत समावेश रहेको रोयटर्सले जनाएको छ।

बिक्रीबारे जानकारी राख्ने एक अमेरिकी अधिकारीका अनुसार हतियार प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम रहेका छन्।

इजरायलले गाजा र लेबनानमा यस किसिमका भारी बम प्रयोग गर्दै आएको भन्दै मानवअधिकार विशेषज्ञहरूले प्रस्तावित हतियार बिक्रीप्रति चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी प्रशासनले हतियार बिक्रीसम्बन्धी प्रस्तावबारे अमेरिकी कंग्रेसका सम्बन्धित समितिहरूलाई अनौपचारिक जानकारी गराइसकेको बताइएको छ। अमेरिकामा ठूला हतियार बिक्रीका विषयमा कंग्रेसका सम्बन्धित समितिहरूको भूमिका महत्वपूर्ण हुने गर्छ।

यस विषयमा अमेरिकी विदेश मन्त्रालय र इजरायली दूतावासलाई प्रतिक्रिया मागिए पनि तत्काल कुनै जवाफ प्राप्त नभएको समाचारमा उल्लेख छ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको