भारतमा पाण्डे, चीनमा शर्मा र अमेरिकामा थापा राजदूत सिफारिस



काठमाडौं , असोज २। सरकारले भारत, चीन र अमेरिकाका लागि नयाँ राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रमुख मुलुकका लागि राजदूतको नाम सिफारिस गरेको हो।

सरकारका अनुसार भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई राजदूतमा सिफारिस गरिएको छ।

मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको जनाएको छ। सरकारले सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरेको बताएको छ।

राजदूत नियुक्तिको प्रक्रियाअनुसार अब सरकारले सिफारिस गरिएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि संघीय संसदमा पठाउनेछ। संसदीय सुनुवाइबाट प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो ९सहमति० प्राप्त गर्ने प्रक्रिया अघि बढाइनेछ।

भारत, चीन र अमेरिका नेपालका महत्वपूर्ण द्विपक्षीय साझेदार मुलुक भएकाले यी देशमा राजदूत नियुक्तिको विषयलाई विशेष रूपमा हेरिन्छ। प्रस्तावित राजदूतहरूले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सम्बन्धित देशमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सरकारले अन्य मुलुकका लागि सिफारिस गरिएका राजदूतहरूको विवरणसमेत संसदीय सुनुवाइका लागि पठाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रवार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको