परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान



काठमाडौं, असोज ४ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्।

महासभाका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनेछ।

महासभाका क्रममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना प्राथमिकता तथा समसामयिक विषयहरू प्रस्तुत गर्नेछ। प्रधानमन्त्री शाहको भ्रमणसँगै उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कार्यक्रमसमेत तय हुने बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार १८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको