आज रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौं, असोज ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक आह्वान गरेका हुन्।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’मा बस्नेछ।

बैठकमा पार्टीका आगामी गतिविधि, समसामयिक राजनीतिक विषय तथा अन्य सांगठनिक विषयमा छलफल हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ०७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको