लायन्स क्लब जनकपुरधाम र मैथिली विकास कोषबीच ई–लायब्रेरी स्थापना सम्झौता



जनकपुरधाम, असोज ५ । लायन्स क्लब अफ जनकपुरधामले आफ्नो स्वर्ण जयन्तीको अवसरमा मैथिली विकास कोषसँगको सहकार्यमा सुविधासम्पन्न ई–लायब्रेरी अर्थात् डिजिटल पुस्तकालय स्थापना गर्ने भएको छ।

ई–लायब्रेरी स्थापनाका लागि सोमबार लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष प्रसून मिश्र र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीबीच औपचारिक सम्झौता भएको हो।

सम्झौता कार्यक्रममा लायन्स क्लबका पदाधिकारीहरू हरि राउत, विद्याकर साह, निर्मल सिंघानिया, दीपेन्द्र सिंह र लक्ष्मी नारायण साह तथा ई–लायब्रेरी सफ्टवेयर डेभलपर विदेह सिस्टम्स प्रालिका वात्स्यायनको उपस्थिति थियो। त्यस्तै मैथिली विकास कोषका सदस्य–सचिव श्यामसुन्दर शशी र मिडिया प्रभारी शिवम पाण्डे पनि कार्यक्रममा सहभागी थिए।

ई–लायब्रेरीले डिजिटल माध्यमबाट पुस्तक तथा अन्य अध्ययन सामग्रीमा पहुँच विस्तार गर्नुका साथै ज्ञान, प्रविधि र पठन संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

लायन्स क्लब अफ जनकपुरधामका संस्थापक अध्यक्ष डा। जयबल्लभ दास हुन्। संस्थाको नेतृत्व गर्दै डा। रामकेवल साह, डा। विजयकुमार सिंह, प्रा। रामकुमार यादव, रामबाबु गुप्ता र कौशल किशोर सर्राफलगायतले सामाजिक सेवा तथा संस्थागत विकासमा योगदान पुर्‍याएका छन्।

लायन्स क्लब र मैथिली विकास कोषबीचको सहकार्यलाई ज्ञान तथा मैथिली संस्कृति र साहित्यको संरक्षण एवं प्रवर्द्धनतर्फको महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको