३० किलो गाँजासहित पर्सामा तीन जना पक्राउ



वीरगञ्ज, असोज ५। पर्सामा प्रहरीले ३० किलो लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले सोमबार पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरी ३० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइनेमा पटेर्वासुगौली गाउँपालिकाका ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनी रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा सोही गाउँपालिकाकी ७५ वर्षीया भुटी भन्ने भुरी चौधरीसमेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको