सांसदलाई पिट्ने धम्कीको बलवा नगरपालिका रास्वपाद्वारा घोर निन्दा



जनकपुरधाम, असोज ९ । संघीय सांसद तथा पूर्व मन्त्री दिपककुमार साहलाई पिट्ने वा पिटाउन सक्ने दिइएको धम्कीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलवा नगर समितिले घोर निन्दा गरेको छ ।

रास्वपा बलवा नगर समितिका सचिव बलराम सिंहले एक प्रेस विज्ञप्ति जारी गरी औरही नगरपालिकाका मेयर प्रदीप खडकाले सांसद साहलाई दिएको धम्की गैर राजनीतिक, गैर जिम्मेवार र पदिय मर्यादा विपरीत रहेको उल्लेख गर्दै धाक धम्कीको राजनीति नगर्न चेतावनी समेत दिएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको राजनीतिक चेतना गुमाएका नगर प्रमुख जस्तो गरिमामय पदमा बसेका व्यक्ति हैकमवादी प्रवृति, धाकधम्कीको राजनीतिलाई निरन्रता दिने समय गईसकेको छ ।

सचिव सिंहले भनेका छन्–‘आज तपाईले संघीय सांसदलाई पिट्ने वा पिटाउने धम्की दिनु भएको छ, भोली हामी पनि यस्ता धम्की दिन बाध्य हुनेछौं ।’ उनले धाक धम्कीको राजनीतिवाट माथि उठ्नकालागि जनताले दुई तिहाईको सरकार बनाएको र जिम्मेवारी बोध गरि सरकार आफ्नो काममा रहेको बताएका छन् ।

स्थानीय सरकारले स्थानीयबासीको जनगुनासोको सम्वोधन गर्नुको साटो जनतालाई राहत पुर्याउनुको साटो जनतालाई टारगेट गरी काखापाखा गर्नु पदियमर्यादा विपरीत रहेको भए पनि जनताको गुनासो सम्वोधन नगरि संघीय सांसदलाई धाकधम्की दिनु गुण्डाराज स्थापना गर्नु रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

असोज ८ गते राति सांसद साहले सामाजिक सञ्जाल फेसवुक मार्फत आफूलाई पिट्न वा पिटाउन सक्ने धम्की दिएको कुरा सार्वजनिक गरेपछि महोत्तरी जिल्लाको राजनीतिक वृत्तमा ठूलो हलचल मचेको छ ।

 

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको