एसियन गेम्स : पहिलो खेलमै अफगानिस्तानसँग भिड्दै नेपाल



काठमाडौं, असोज ९ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज पहिलो खेलमै अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

आइचीस्थित निशिनको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै छ।

अफगानिस्तानले प्रतियोगिताको पहिलो खेलमा जापानलाई पराजित गरिसकेको छ। त्यसैले नेपालका लागि क्वाटरफाइनलको सम्भावना बलियो बनाउन आजको खेल महत्वपूर्ण हुनेछ।

समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। नेपाल अन्तिम आठमा पुगे भारत वा श्रीलंकामध्ये एक टोलीसँग भिड्नेछ।

यसअघि भएको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनल पुगेको थियो। त्यतिबेला भारतसँग पराजित भएको नेपाल यसपटक अझ अघि बढ्ने लक्ष्यमा छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको