दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, मनाङ संयोजकको जिम्मेवारी



काठमाडौं, असोज १३ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

मनाङेलाई मंगलबार देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले स्वागत गर्दै समूहमा भित्र्याएका हुन्।

मनाङे समूहमा प्रवेश गरेसँगै उनलाई कांग्रेसको आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिइएको छ।

देउवा समूहले महाधिवेशन लक्षित गतिविधि अघि बढाइरहेका बेला मनाङे समूहमा प्रवेश गरेका हुन्। उनको प्रवेशसँगै उनलाई जिल्लास्तरीय महाधिवेशन तयारीको जिम्मेवारीसमेत दिइएको हो।

यसअघि देउवा स्वदेश फर्किएको दिन मनाङे उनलाई भेट्न चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए। त्यसपछि उनी देउवा समूहमा आबद्ध भएका हुन्।

प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलवार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको