लखनऊ विमानस्थलको लेबर क्याम्पमा भीषण आगलागी



एजेन्सी, असोज २० । भारतको लखनऊस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलको लेबर क्याम्पमा मंगलबार बिहान भीषण आगलागी भएको छ।

अचानक आगो लागेपछि ठूलो मात्रामा धुवाँ र आगोको ज्वाला देखिएको थियो। घटनापछि विमानस्थल आसपासका क्षेत्रमा केही समय अफरातफरी मच्चिएको थियो।

आगलागीको सूचना पाएलगत्तै दमकलका गाडी घटनास्थलमा पुगेका थिए। दमकलकर्मीले तत्काल आगो निभाउने काम सुरु गरेका थिए।

फायर स्टेसनका प्रभारी सुमित सिंहका अनुसार दमकलकर्मीले आगो नियन्त्रणमा लिइसकेका छन्। आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए।

आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबाट भएको भौतिक क्षतिको विवरण संकलन तथा आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको